धादिङमा बस दुर्घटना, ८ घाइते



न्युज अफ नेपाल, धादिङ ।

धादिङमा बस दुर्घटना भएको छ । धादिङवेशी सल्यानटार सडक खण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका ८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी ८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।ज्वालामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ जादैँ गरेको बा ४ ख ४१५२ नम्बरको बस दुर्घटना भएको हो ।

घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ७ की हरिमाया गुरुङ, ज्वालामुखी गाउँपालिकाकै वडा नं ६ का विकास श्रेष्ठ, रिदम नगरकोटी, यम श्रेष्ठ, सिता मानन्धर, सीमा मानन्धर, लक्ष्मी गुरुङ, अनन्य लिम्वु घाइते भएका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्