वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन



कृष्णउदास खनाल, वीरगन्ज ।

मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७÷७८ को माघ महिना महिनामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले पछिल्लो समय गति लिएसँगै भन्सारबाट उठ्ने राजस्वमा वृद्धि भएको हो ।

अर्थ मन्त्रालय भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई माघमा १३ अर्ब ८३ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा लक्ष्यभन्दा १ अर्ब १२ करोड बढी राजस्व असुली गरेको छ । वीरगन्ज भन्सारले माघ महिनामा मात्रै १४ अर्ब ९५ करोड रुपियाँ राजस्व संकलन गरेको प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको ७ महिनामा वीरगन्ज भन्सारले ८८ अर्ब ५० करोड रुपियाँ राजस्व उठाएको प्रमुख भन्सार प्रशासक आचार्यले बताउनुभयो ।

कोरोनाको कारण प्रभावित राजस्व असुली पछिल्ला महिनामा भने आयात निर्यात व्यापारमा सुधार आएसँगै लक्ष्यभन्दा बढी राजस्व असुली हुन थालेको आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्