विट्स र केभीएस सफल



काठमाडौं, (नेस)।

डिफेन्डिङ च्याम्पियन विट्स एकेडेमी र केभीएसले पाँचौं प्याब्सन फुटसल प्रतियोगितामा बुधबार विजयी शुरुआत गरेका छन्  निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सन) द्वारा आयोजित प्रतियोगितामा विट्सले ग्रिन तारालाई ३–१ तथा केभीएसले पायोनियरलाई ३–० गोलले पराजित गरे ।

कपनस्थित ग्रिन विस फुटसलमा जारी प्रतियोगितामा प्राक्सिस्, त्रिनेत्र, बोधी सदन, नालन्डा, फेरिल्यान्ड, माउन्ट ग्लोरी, प्रस्फुटन, कान्तिपुर, सगरमाथा र मान्डुले आ–आफ्नो खेल जिते ।प्रतियोगिताको बँढानीलकण्ठका मेयर उद्धव खरेलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्