एपीएफ दुई खेल खेल्नुअघि नै च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल एपीएफ क्लब जारी महिला राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १–१ बराबरी खेलेसँगै एपीएफ लिग च्याम्पियन भएको हो । यो नतिजाले आर्मीको २६ अंक भएपछि एपीएफ बाँकि दुई खेल खेल्नु अगाडि नै लिग च्याम्पियन बन्यो । यसपछि भएको खेलमा च्याम्पियन भएको एपीएफले विराटनगर महानगरपालिकालाई हरायो । यो सँगै ११ खेलसम्म पनि अपराजित नै रहन सफल एपीएफले ११ खेलबाट ३३ अंक जोडेको छ । जुन दोस्रो स्थानको आर्मीभन्दा ७ अंकको अग्रता हो ।

अन्तिम खेलमा एपीएफले शुक्रबार आर्मीसँग खेल्नेछ । आर्मीले हार, जित वा बराबरी नतिजा बेहारे पनि दोस्रो स्थानमा रहने भने पक्का छ । आर्मीको लागि पहिलो खेलमै पुलिससँग अंक बाँड्नु पर्दा उपाधि जित्ने लक्ष्यमा धक्का लागेको हो । यसपछि एपीएफसँगको महŒवपुर्ण खेल हारेपछि आर्मीको लागि उपाधि कठिन हुँदै गएको हो ।उता एपीएफले पहिलो खेलदेखि नै उपाधि उचाल्ने छनक देखाइसकेको हो । एपीएफले आर्मीलाई २–० ले हराएपछि नै लिगमा आफ्नोे वर्चश्व बनाउँदै लगेको हो । ११ खेल खेलेको एपीएफले जारी लिगमा बराबरी वा हारसमेत बेहोरेको छैन । शत प्रतिशत नतिजा निकालेको एपीएफले १ गोल मात्रै बेहोरेको छ । टिमले विपक्षीका पोस्टमा ७३ गोल गरेको छ ।जारी लिगमा तेस्रो स्थानको लागि भने होड चलिरहेको छ ।

तेस्रो स्थानमा रहेको विराटनगर महानगरपालिका मोरङले ११ खेलमा १६ अंक जोडेको छ । त्यस्तै, ११ खेल खेलेर १५ अंक जोडेको पुलिस चौथो स्थानमा छ । वालिङ नगरपालिका स्याङजाको १४ अंक छ । यी तीन टिममध्ये एकले तेस्रो स्थानमा हासिल गर्न प्रतिस्पर्धा भइरहेको छ ।एपीएफको अपराजित यात्रा (पहिलो लेग-दोस्रो लेग)
चन्द्रपुर नगरपालिकाविरुद्ध रौतहट ६–०-८–०
विराटनगर महानगरपालिका मोरङ ७–०-१–०
त्रिभुवन आर्मी क्लब २–०-शुक्रबार खेल्दै
नेपाल पुलिस क्लब ३–०-२–१
वालिङ नगरपालिका स्याङ्जा ३–०-६–०
चौदण्डीगढी नगरपालिका उदयपुर २२–०-१४–०

प्रतिक्रिया दिनुहोस्