चितवन राष्टिय निकुन्जमा गैंडाको बच्चा मृत भेटियो



घनश्याम बगाले, नवलपरासी ।

चितवन राष्ट्रिय निकुन्जको पश्चिम सेक्टर अन्तर्गत गुन्द्रही ढकाह वनमा गैडाको बच्चा मृत अवस्थामा फेला परेको छ ।

निकुन्ज स्रोतका अनुसार करिव २ वर्षको पोथी गैडा बुधबार पूर्वी नवलपरासीको अमलटारी नजिक मृत भेटिएको हो । निकुन्जको प्रारम्भिक अध्ययनमा गैडा प्राकृतिक कारणले मरेको र गैडाको ब्रम्हखाग र खुर भने सकुसल रहेको बताईएको छ ।

पछिल्लो समय निकुन्जमा गैडा मर्ने क्रम रोकिएको छैन् । केही दिन अघि पश्चिम सेक्टरकै गिद्धेनी पोष्ट नजिक करिव ३० वर्षको गैडा मृत भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्