ज्याक माले पैसा बाँड्ने हल्लापछि बैंकमा मानिसको लाइन



बेइजिङ, (एजेन्सी) ।

चीनमा अनलाइनमार्फत विश्व विख्यात अलिबाबा कम्पनीका अर्बपति मालिक ज्याक माले पैसा बाँड्दै छन् भन्ने हल्ला फैलिरहेको छ । चान्द्रिक नयाँ वर्ष (एलएनवाई) को उपलक्ष्यमा सो रकम वितरण गरिने हल्ला चलेको हो । तर, स्थानीय सरकारी निकायले भने झुटो अफवाह मात्र हुनसक्ने चेतावनी दिएको छ । माले विगतमा आफ्ना कम्पनीहरू बापत एलएनवाईको अवसरमा आफ्ना ग्राहकहरूलाई लाखौं अमेरिकी डलर बाँड्ने गरेका थिए ।

अनलाइनमार्फत आगोसरी हल्ला फैलिएपछि चिनियाँ वृद्धवृद्धाहरू देशभरिका बैंकमा लाइन लाग्न थालेका छन् । वीच्याट समँहले साथी वर्ष वा सो भन्दा बढि उमेरको प्रमाणित गर्ने जोसुकैलाई माले जनही २ सय चिनियाँ युआन अर्थात् करिब तीस अमेरिकी डलर दिने हल्ला चलाएपछि सबैभन्दा बढि जियाङ्सी प्रान्तको फुझोउका बैंकहरूमा बाक्लो भिड लाग्न थालेको बताइएको छ ।११ फ्रेब्रुअरीमा शुरू भएको नयाँ चान्द्रिक वर्ष १७ फ्रेब्रुअरीसम्म धँमधामका साथ मनाइने गरिन्छ । यस अवधिमा मुलुकभरि नै व्यापार व्यवसाय बन्द रहने गर्दछ भने मानिसहरू विशेष खालको रातो खाममा पैसा राखेर उपहारस्वरूप साटासाट गर्ने गर्दछन् । यसले नयाँ वर्षमा समृद्धि ल्याउने विश्वास गरिन्छ ।

तर, स्थानीय निकायले वृद्धवृद्धाहरूलाई सम्भावित उपहारका लागि हल्लाको पछि नलाग्न चेतावनी दिएको छ । फुझोउ महानगर जनसुरक्षा ब्युरोले एक आपतकालीन सुचना जारी गर्दै वरिष्ठ नागरिकहरूलाई सम्भावित ठगी हुनसक्ने चेतावनी दिएको छ ।जेहोस् सन् २०१४ मा माको अलिबाबाले करिब ९ लाख ९० हजार युआन अर्थात् १ लाख ५३ हजार अमेरिकी डलर बराबरको वीच्याटमार्फत प्रयोगकर्ताहरू समक्ष पु¥याउन ९९ लाख ९ सय ९९ वटा अनलाइन कुपन जारी गरेको थियो । यसैगरी, सन् २०१६ मा अलिबाबाको मोबाइल भुक्तानी शाखा अलिपेले एउटा टेलिभिजन प्रमोसनमा १२ करोड डलर दिएको थियो ।

त्यसैगरी, सन् २०१८ मा अलिबाबाले ‘डिजिटल रेड एनेभेलप’ एआर गेममार्फत आफ्ना ग्राहकहरूलाई करिब ८२ करोड डलर बाँडेको थियो । अलिबाबा र एन्ट ग्रुपका संस्थापक मा विगत तीन महिनायता कमै मात्र सार्वजनिक भएका थिए । गत वर्ष चीन सरकारले आफ्ना कम्पनीहरूमाथि छानबिन प्रक्रिया अघि बढाउँदा उनी केही समय भुमिगत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्