कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच सहकार्य



काठमाडौं । कोभिड महामारीले प्रभावित पर्यटन व्यवसायलाई पुनर्जागरण दिन कुमारी बैंक र ठमेल पर्यटन विकास परिषद्बीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउन सहकार्यसम्बन्धी सहमति भएको छ ।उक्त सहकार्य अन्तर्गत ठमेल पर्यटन विकास परिषद्मा आबद्ध रजिष्टर्ड सदस्य व्यवसायीलाई उक्त कर्जा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

यसरी प्रदान गरिने चालु पूँजी कर्जा लगायत आवधिक कर्जाको सीमा अधिकतम १५ लाख रुपैयाँ रहने छ । उक्तकर्जा व्यवसायको सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनको लागि लगानी गर्ने बैंकले जानकारी दिएको छ । उक्त कर्जा, आकर्षक ब्याजदर तथा न्यूनतम प्रशासनिक शुल्कमा प्रदान गरिने छ ।

देशव्यापी १९२ शाखा संञ्जाल, १५६ एटिएम, २३ शाखारहित बैंकिङ ईकाई र १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सेवासुविधाहरु उपलब्ध गराइरहेकोे कुमारी बैंकले स्थानिय अर्थ व्यवस्था, खास गरी पर्यटन व्यवसाय विकास गर्न अझ प्रभावकारी सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्