बुधबार थप १२५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १२५ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार ७० पुगेको छ।

यस्तै आज ९१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ। काठमाडौं उपत्यकामा थप ६० जनामा संक्रमण भएको छ। त्यसमध्ये काठमाडौंका ४५, भक्तपुरका ६ र ललितपुरका ९ जना छन्।

प्रतिक्रिया दिनुहोस्