हिमआँधीका कारण २३ जनाको मृत्यु : जनजीवन प्रभावित



काठमाडौं । अमेरिकामा हिमआँधीमा परेर २३ जनाको ज्यान गएको छ । अमेरिकाका टेक्सास, लुसियाना, केन्टुकी लगायतका राज्यमा आएको हिमआँधीका कारण २३ जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

हिमआँधीका कारण अमेरिकाकै जनजीवन प्रभावित भएको छ । बिजुली र इन्टरनेट बन्द भएको छ । टेक्सासमा बिजुली नहुँदा लाखौँ अमेरिकीको जनजीवन प्रभावित छ । सडक हिउँले छोपिदा गाडी चल्न सकेका छैनन् ।

अमेरिकी राष्ट्रपति जोय बाइडनले टेक्सासमा आपतकाल घोषणा गरेका छन् । समस्यामा परेकालाई उद्धार गर्ने र राहत वितरणको काम सुरु हुने उनले बताएका छन् । हिमआँधीका कारण अमेरिकामा कोभिड खोप लगाउने काम पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्