मदिरा व्यवसायी संघको साधारणसभा सम्पन्न



पाल्पा  ।

मदिरा व्यवसायी संघ पाल्पाको पाँचौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले अन्य व्यवसायीले जस्तै मदिरा व्यवसायीले पनि सामाजिक उत्तरदायित्व पूरा गरेर आफ्नो पेसा व्यवसायलाई मर्यादित बनाउन आग्रह गर्नुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले कोभिडका कारण व्यवसायीहरु मारमा परेको र अब विस्तारै अवस्था सुध्रिदै गएको बताउदै वास्तविक पीडित व्यवासायीलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

मदिरा व्यवसायका केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले व्यवसायले होटल तथा मदिरा बिक्री एकै ठाउँमा हुने भएकाले अनुशासित र मर्यादितढंगले बिक्री गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्