कान्छीको सम्झनामा सार्वजनिक



गायक प्रवीण राजथलाले डेब्यु गीत कान्छीको सम्झनामाको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।विदेशमा रहेर स्वदेशमा रहेकी प्रियसीलाई समर्पित गर्दै लेखिएको गीतमा स्वयं गायक प्रवीण राजथलाको शब्द र संगीत रहेको छ। यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका छन्।

राजधानीको वसन्तपुर र अन्य रमणीय ठाउँमा छायांकन गरिएको म्युजिक भिडियोमा एलिश राई र गीता ढुंगानाबीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको भिडियो अर्जुन खड्काले सम्पादन गरेका छन्। भिडियो सत्यराज चौलागाईंको निर्देशनमा तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्