सत्ता उन्माद प्रस्तुत नगर्न कांग्रेसको चेतावनी



काठमाडौं, (नेस)

बैतडीको डिलासैनीमा मंगलबार नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाबाट नियोजितरूपमा गरिएको आक्रमण निन्दनीय भएको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट कांग्रेसका केही व्यक्तिहरु घाइते भएका छन् । केही सवारी साधनमा तोडफोडसमेत गरिएको कांग्रेसले जनाएको छ । एक्कासि भएको आक्रमणमा कांग्रेसले तत्कालै प्रतिवाद गरेको थियो ।

घटनाको निन्दा गर्दै सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको ठहर कांग्रेसले गरेको छ । यस्तो प्रवृत्ति परित्याग गर्न तथा सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिँदै कांग्रेसले डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्