घरबाटै बेपत्ता तीनको उद्धार



group of children’s silhouettes

काठमाडौं, (नेस) । 

सिरहाको सिरहा नगरपालिका–७ स्थित आफ्नै घरबाट मंसिर २७ गतेदेखि बेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट सकुशल उद्धार गरिएको छ ।

उनीहरू घरबाटै बेपत्ता भएको र भारत विहारको दरभंगा बस्ने दीपक पासवानसँग रहेको अवस्थामा दीपकका आफन्त भारतीय नागरिक विहार दरभंगा बस्ने ललन कुमारले फोनमा आमा र बच्चा आफ्नो नियन्त्रणमा रहेको तथा ज्यान चाहिएमा ७ लाख नेपाली रुपियाँ मेरो खातामा हालिदिनु भन्दै धम्की दिएका थिए । पीडितका आफन्तले प्रहरीमा निवेदन दिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा उनीहरुको खोजतलास तथा उद्दारका लागि उक्त शाखाबाट भारतीय प्रहरीसँग समन्वय गरी उनीहरुको सकुशल उद्धार गरेको थियो ।

इन्टरपोल शाखाको समन्वयपश्चात् भारतीय प्रहरीले उनीहरूलाई नयाँ दिल्लीबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्