ग्लोबल आइएमई बैंकको शाखा मनाङको ङिस्याङमा



काठमाडौं, नेस ।

ग्लोबल आइएमई बैंकले मनाङको ङिस्याङ गाउापालिका–४, मनाङ बजारमा नयाा शाखा सञ्चालनमा ल्याएको छ । नयाा शाखाको सुरुवातसागै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ

ग्लोबल आइएमई बैंकले सातवटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउादै आएको छ । बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्