जीडीपीकै हाराहारीमा पुग्यो शेयर बजारको पुँजी



नेपाल समाचारपत्र, काठमाडौं  ।

शेयर बजारको समग्र पुाजीकरण कुल गार्हस्थ्य उत्पादन जीडीपी को हाराहारीमा पुगेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज  नेप्से  ९२ दशमलव ४२ अंकले बढेर २५८६ दशमलव शून्य १ बिन्दुमा पुग्दै समग्र बजार पुँजीकरण ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख रुपियाामा पुगेको छ ।

कुल २०५ कम्पनीको २ करोड २४ लाखभन्दा बढी कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाखभन्दा रुपियाामा खरिद बिक्री भएको छ । सोमबार कारोबार रकम र नेप्सेको उचाइले नया रेकर्ड कायम गरेको हो । अघिल्लो दिन ३३ अंकभन्दा बढीको गिरावट आए पनि आइतबार नेपाल राष्ट्र बैंकद्वारा गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा शेयर बजारलाई असर गर्ने किसिमको नीति नआएपछि लगानीकर्ता उत्साहित भएका हुन् । यस दिन ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १५ दशमलव ३३ अंकले बढेर ४६९ दशमलव ४४ बिन्दुमा पुगेको छ ।

सोमबार कारोबार भएका १२ वटै समूहको परिसूचक उकालो लागेको छ । विशेषगरी जीवन बीमा, निर्जीवन बीमा, लघुवित्तको शेयरमा लगानीकर्ता आकर्षित भएका छन् । यस दिन बैंकिङ समूह ५७ दशमलव ३२, व्यापार समूह ७१ दशमलव ६, होटल समूह २४ दशमलव १, विकास बैंक समूह ४९ दशमलव ९१, जलविद्युत् समूह ६४ दशमलव ४५, वित्त समूह ३४ दशमलव ७५, निर्जीवन बीमा समूह ४४७ दशमलव ४४, उत्पादन समूह १५९ दशमलव ६६, अन्य समूह ६२ दशमलव ६१, लघुवित्त समूह ३७० दशमलव ३, जीवन बीमा समूह ६९७ दशमलव ९१, सामूहिक लगानी कोष समूह शून्य दशमलव १८ अंकले बढेको छ ।
कारोवारका आधारमा निर्धन उत्थान लघुवित्त अग्रस्थानमा रहेको छ । सो कम्पनीको ७० करोड ४८ लाख रुपियााको कारोबार भएको छ ।

यस्तै, नबिल बैंक ६८ करोड ५ लाख, छिमेक लघुवित्त ४७ करोड ९१ लाख, डिप्रोक्स लघुवित्तको ४७ करोड ४४ लाख, ग्लोबल आइएमई बैंकको ४६ करोड ९० लाख, एनआईसी एशिया बैंकको ४० करोड ६९ लाख, नेको इन्स्योरेन्सको ३४ करोड ७४ लाख, नेपाल बैंकको २८ करोड ९९ लाख, र नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ८९ लाख रुपियााभन्दा बढीको कारोबार भई अग्रस्थानमा रहेका छन् । यस दिन छिमेक लघुवित्त, गरिमा विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी लघुवित्त, आरएसडीसी, फरवार्ड लघुवित्त, उन्नती सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्तका लगानीकर्ताले १०–१० प्रतिशतले कमाएका छन् । यस्तै, पञ्चकन्या माई हाइड्रोपावर, एनआईसी एसिया ऋणपत्र, एभरेष्ट बैंक, रैराङ हाइड्रोपावर लगायतका कम्पनी लगानीकर्ताले गुमाएका छन् ।

नेप्से ९२ दशमलव ४२ अंकले बढेर २५८६ दशमलव शून्य १ बिन्दुमा पुग्दै समग्र बजार पुाजीकरण ३५ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख रुपियाामा पुगेको छ । यो जीडीपीको हाराहारी हो । त्यस्तै कुल २०५ कम्पनीको २ करोड २४ लाखभन्दा बढी कित्ता शेयर १० अर्ब ३८ करोड ४१ लाखभन्दा रुपियाामा खरिद बिक्री भएको छ । सोमबार कारोबार रकम र नेप्सेको उचाइले नयाा रेकर्ड कायम गरेको हो । आइतबार नेपाल राष्ट्र बैंकद्वारा गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा शेयर बजारलाई असर गर्ने किसिमको नीति नआएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्