प्रधानमन्त्रीले तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको काङ्ग्रेस नेता सिंहको आरोप



भूपराज बस्याल, पोखरा ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ जिल्लामै विरोध प्रदर्शन गरेको छ । सोही देशव्यापी प्रर्दशनको क्रममा कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउनु भएको छ ।

सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताउनु भएको हो । प्रधानमन्त्रीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरेको आरोप उहाँले आरोप लगाउनु भएको छ । “शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्’ सिंहको भनाइ थियो ।

उहाँले अदालतले प्रतिनिधीसभा पुर्नस्थापना गर्ने विश्वास व्यक्त गर्दै प्रतिनिधीसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा रहेको हुँदा अब न्यायमूर्तीहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास राखेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे । त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ । हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरि निर्णय गर्नेछ ।’ पुर्नवहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उहाँको भनाइ छ ।

उहाँले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड व्यालेन्स भएको भन्दै । कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले संविधान मिचेका ओलीले चुनाव गराउँछ भनेर पत्याउछ भने त्यसलाई रामराम मात्र भन्न सकिने बताउनुभयो । ‘संविधान मिच्ने ओलीले निर्वाचन गराउछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ । नेकपाले जनताको मतको अवमूल्यन गरेको छ,’ उहाँले भन्नुभयो , ‘मै कानून हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्