आम्दानीबाट गरिब र असाहयलाई छात्रवृत्ति



हेयर स्टाइलिस्ट नीलडेभिड कटुवालले गरिब तथा असाहय बालबालिकालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन्।

राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालनमा ल्याइएको नीलडेभिड्स लाउन्जको शुभारम्भ समारोहमा हेयर स्टाइलिस्ट कटवालले आफ्नो सलुनमा सेवा लिनेबाट संकलन भएको शुल्कमा कम्तीमा १० रुपियाादेखि बढीमा ५० रुपियाासम्म रकम छुट्याई त्यसबाट गरिबीका कारण विद्यालय जानबाट वञ्चित बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने बताए।

कटुवालले प्रेम दिवसको अवसर पारेर नयाा लाउन्ज सलुन सञ्चालनमा ल्याएका हुन्। लाउन्जको सीएनएन हिरो अनुराधा कोइराला, अभिनेत्री सरिता लामिछाने, गायिका इन्दिरा जोशी, सञ्चारकर्मी, पार्वमिस नेपाल सुगारिका केसी र सोनिका रोकायाले संयुक्तरूपमा शुभारम्भ गरेका हुन्। सलुनमा दुई प्राइभेट लाउन्जको व्यवस्था गरिएको तथा एकल वा जोडीले समय लिएर सेवा लिन सकिने कटुवालले बताए।

प्रतिक्रिया दिनुहोस्