वाइलमा पहिलोपटक पुग्यो बस



नेपाल समाचारपत्र, डोटी ।

डोटीको केआईसिंह गाउँपालिकाको वाइलमा पहिलोपटक बस सेवा पुगेको छ । सुदूरपश्चिम बस व्यवसायी समिति तथा शेलेश्वरी यातायात प्रालिले पहिलोपटक सार्वजनिक बस पु¥याएपछि स्थानीयबासीले चालकलाई खादा र अबिर–माला लगाएर बाजागाजासहित स्वागत गरेका थिए ।

जिल्ला सदरमुकाम सिलगढीबाट कम्तीमा पनि २२ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको उक्त ठाउँमा पहिलोपटक यात्रुवाहक बस पुगेको हो । यसभन्दा पहिले उक्त क्षेत्रमा साना बोलेरो जिप मात्रै सञ्चालन हुँदै आएका थिए ।बस पुगेसँगै स्थानीयबासीले आपसमा नाचगान गरेर खुसीयाली मनाएको केआईसिंह गाउँपालिका दल्लका स्थानीय शेरबहादुर ऐरले बताउनुभयो । ‘लामो समयपछि हाम्रो गाउँपालिकामा बस पुगेको छ, यो भन्दा ठूलो खुसी अरू के हुन सक्छ र ?’ –उहाँले भन्नुभयो । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको राजपुर बजारदेखि केआईसिंह गाउँपालिकाको बगरसम्म सडक कालोपत्र भएसँगै नागरिकको सहजताका लागि अहिले पालिकाको केन्द्र वायलसम्म बस सञ्चालन गरिएको शैलेश्वरी यातायात प्रालीका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । वाइलबाट अब दैनिक बस सञ्चालनको तयारी भइरहेको कार्यालय उहाँ बताउनुहुन्छ ।

पहिलोपटक गाउँमा बस लिएर आएका शैलेश्वरी यातायात प्रालिका चालकलाई आफूहरूले खादा र अबिर लगाई स्वागत गरेको केआईसिंह गाउँपालिकाका अर्का स्थानीय लक्ष्मण पाण्डेयले बताउनुभयो ।यहाँका नागरिकले बिगतको समयमा सडक सुविधा भए पनि खासै गाडी नचल्ने गरेका कारण सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर र पिपल्ला बजारसम्म पुग्नका लागि पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको थियो ।
दमौलीको रिङरोड क्षेत्र धूलोरहित बन्दै

प्रतिक्रिया दिनुहोस्