औषधी व्यवसायीले खोप नपाउँदा सरकारप्रति गुनासो



काठमाडौं, (नेस) ।
कोरोना भाइरसविरुद्धको खोप वितरणमा वञ्चित गराएको भन्दै नेपाल औषधी व्यवसायी संघले सोमबार विज्ञप्ति नै जारी गर्दै नेपाल सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

कोरोना संक्रमणलगायत विभिन्न महामारीका समयमा पनि विश्राम नलिई औष्ीिध उत्पादन र बिक्रीवितरणमा अनवरतरुपमा खटिँदै आएको नेपाल औषधी व्यवसायी संघलाई कोरोनाविरुद्धको निःशुल्क खोप लगाउनबाट वञ्चित गरेको विषयमा व्यवसायीहरुले सरकारको व्यवाहरप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।नेपालमा २१ हजारभन्दा बढी औषधी व्यवसायीहरु औषधी व्यवस्था विभागमा दर्ता भएर मुलुकभर छरिएर सेवा प्रवाह गरिरहेका छन् । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालसमक्ष माघ २६ गते र २९ गते फरक फरक समयमा भेट गरी औषधी व्यवसायी तथा पसल सञ्चालकका साथ कर्मचारीहरुलाई कोभिड–१९ को जोखिममा रहेको जानकारी गराउनुका साथै खोप कार्यक्रममा प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।सोही अवसरमा व्यवसायीहरुलाई प्राथमिकतामा राखी यथाशीघ्र निःशुल्क खोप लगाउने कार्य गर्नका लागि सरकारको ध्यानाकर्ष गराउँदै ज्ञापनपत्रसमेत बुझाएको संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी गराउनुभयो ।

मुलुकभर छरिएर रहेका औषधी व्यवसायीहरुको साझा संगठन औषधी व्यवसायी संघको २०३० सालमा स्थापना भएको हो । यसले नेपालका ४८ जिल्लामा शाखाहरु गठन गरी एकरुपताका साथ औषधी सहज र सरलरुपमा जनमानसमा पु¥याउँदै आएको अध्यक्ष श्रेष्ठको दाबी छ ।विगतमा पनि देशमा आइपरेका असहज परिस्थिति महाभूकम्प, भारतले गरेको अघोषित नाकाबन्दीलगायतका ठूला ठूला संकटकालीन अवस्थामा पनि मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी जस्तो अति संवेदनशील व्यवसाय गर्ने औषधी व्यवसायीहरुले देशैभरि अति आवश्यक पर्ने गुणस्तरि औषधीहरु अभाव हुन दिएको थिएन । साथै मूल्यमा समेत एकरुपता कायम राख्दै औषधीको सहज उपलब्धतालाई व्यवस्थित बनाई व्यवसाय सञ्चालन गर्दै आइरहेको विषयलाई समेत सरकारको ध्यानाकर्ष गराउँदै संघका अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्