म्यान्मारमार प्रदर्शनकारीलाई २० वर्ष कैदको चेतावनी



एजेन्सी ।

म्यान्मारको सैनिक शासन जुन्ताले सैनिक विद्रोहविरुद्ध विरोध प्रदर्शन गरिरहेकाहरूलाई यदि तिनीहरूले सशस्त्र सेनालाई बाधा अवरोध पु¥याउन खोजे भने अधिकतम २० वर्ष लामो कारवास सजाय भोग्नुपने चेतावनी दिएको छ । सेनाले सैनिक विद्रोहमा संलग्न नेताहरूविरुद्ध घृणा वा द्वेष फैलाउन खोज्नेहरूलाई लामो समयको कैदलगायत आर्थिक दण्ड पनि हुन सक्ने जनाएको छ ।

म्यान्मारका थुप्रै शहरका सडकहरूमा सेनाका वख्तरबन्द गाडीहरू ओर्लिनासाथ म्यान्मारको प्रचलित कानुनमा हेरफेर गरिएको घोषणा भएको हो । केही दिनयता सैनिक विद्रोहविरुद्ध हुने गरेका प्रदर्शनमा दशौं हजार मानिसको सहभागिता रहँदै आएको छ ।तिनीहरूले प्रजातन्त्र वादी नेतृ आङसान सुकी, राष्ट्रपति विन मिन्टलगायत सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) का वरिष्ठ नेताहरूको तत्काल रिहाइ र मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनाको माग गरिरहेका छन् । सोमबार सुकीका वकिलले उनलाई अझै दुई दिन हिरासतमा राखिन सक्ने जानकारी दिएका छन् ।

वकिल खिन माउंगजले उनलाई बुधबार राजधानी ने पि टस्थित एउटा अदालतमा भिडियो लिंन्कमार्फत मुद्दा चलाइने पनि बताएका छन् । सुकीविरुद्ध आफ्ना सुरक्षा कर्मचारीहरूले प्रयोग गर्ने वाकीटकीजस्ता संवेदनशील सञ्चार उपकरणहरू साथमा राखेको लगायतका अभियोगहरू लगाइएका छन् । अमेरिकालगायत थुप्रै युरोपेली मुलुकहरूले म्यान्मारको सैनिक विद्रोहको विरोध गर्दै आएका छन् । तर, चीनले भने यो कदम म्यान्मारको आन्तरिक मामिला भएको बताउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्