ओबामा र बाइडेनमा ‘भ्यालेनटाइन्स डे’ छायो



वासिङ्टन, (एजेन्सी)  ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले आइतबार ट्विटरमार्फत ‘भ्यालेनटाइन्स डे’को अवसरमा आफ्नो परिवारलाई शुभकामना सन्देश दिएका छन् । साथै उनले तिथि उल्लेख नगरिएकोे आफ्नी पत्नी मिचेल ओबामा र दुई छोरी मालिया एन ओबामा र सासा ओबामासँग बसेको आफँसहितको तस्वीर पनि पोस्ट गरेका छन् ।

ओबामाले ट्विटरमा लेखेका छन्, ‘कहिल्यै पनि मलाई मुस्कुराउन नदिई नछाड्ने तीन जनालाई ह्यापी भ्यालेन्टाइन्स डे । तिमीहरूको चहकिलो प्रकाशले सबै चिज उज्यालो बनाउँछ ।’ तस्वीरमा पूर्वराष्ट्रपति ओबामा मिचेल ओबामा र छोरी मालिया ओबामाबीच उभिरहेको देखिन्छन् । कान्छी छोरी सासा ओबामा सेतो लुगामा अगाडि पट्टी देखिन्छन् ।

शनिबार नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोय बाइडेनले पनि प्रथम महिला जिल बाइडेनको भ्यालेन्टाइन्स डेको सजावट हेर्न जिलसँगै ह्वााइट हाउसको परिसरमा हिंडिरहेको आफ्नो तस्वीर सेयर गरेका थिए । यो बाइडेनको ह्वाइट हाउसमा मनाइने पहिलो भ्यालेन्टाइन्स डे हो ।ओबामाको बाइडेनसँग विशेष सम्बन्ध रहँदै आएको छ । डेलावरका पूर्व सिनेटर बाइडेनले बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपतिको भूमिका निभाएका थिए । ओबामाले सन् २०१७ को जनवरीमा बाइडेनलाई राष्ट्रपतीय ‘मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्