ओलीको कदम व्यवस्था विरोधी भएको सिटौलाको आरोप



न्युज अफ नेपाल, भद्रपुर ।

नेपाली काँग्रेसका नेता तथा पूर्व उप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर वर्तमान व्यवस्था विरोधी कार्य सच्याउन चेतावनी दिनुभएको छ ।

नेपाली काँग्रेस झापाaले आयोजना गरेको प्रधानमन्त्री ओलीको कदम बिरूद्धको विरोध सभालाई चन्द्रगढीमा सम्बोधन गर्दै नेता सिटौलाले संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको प्रष्ट पार्नुभयो । स्थीर संसद विघटन गर्ने ओलीको कदम वर्तमान संविधानको मूल उपलब्धी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता प्रगतिशील राजनीतिक कार्य बिरूद्धको कदम भएकोले आत्मालोचना गरेर सच्चिन चेतावनी दिनुभएको हो ।

तीन वर्षे अवधिमा देश र जनताका पक्षमा काम गर्न नसकेको ओली सरकार आफ्ना आसेपासे कम्युनिस्ट पार्टीका लागि मात्र चर्तिकला भएको बताउनुभयो । संविधान मस्यौदा समितिका सभापति समेत रहेनुभएका सिटौलाले राजा महाराजाको अपूर्व अधिकार खोज्ने ओली तानाशाह बन्ने प्रयासमा रहेकोले खवरदारी जरूरी भएको प्रष्ट पार्नुभयो ।

समृद्ध नेपाल सुखी नेपाली उखान र भाषणले नहुने भन्दै प्रदेश १ कै गौरवशाली आयोजनाका रूपमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र पारेको उहाँले जनाउँनुभयो । राजनीतिक अस्थिरता निम्तनेगरी संसद विघटन गरेर गणतन्त्रका लागि ज्यान बलिदान गर्ने सहिदको रगतमा समेत ओलीले हिलो छ्यापेको आरोप लगाउँनुभयो ।

तीन वर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेका ओलीले नेकपाको नेता समेत हुन नसकेर आफ्नो रीस संसदमाथि पोखेको आरोप लगाउँनुभयो । सिटौलाले प्रधानमन्त्रीको आवरणमा वर्तमान संविधान ध्वस्त पार्ने खेल हुन संक्ने आशंका गर्नुभयो । संविधानको मूल र्ममको रक्षा गर्ने जिम्मेवारी अदालतमा रहेकोले कसैको दवाव, प्रभाव र सेटिङ्गमा न्यायाधिस लाग्नु नहुने भन्दै न्यायलयको गरिमा बचाउन अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्