निर्वाचनका कार्यक्रम सार्वजनिक भएको छैन, आयोगले बदमासी गर्नसक्छ : सभापति देउवा



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको कार्यक्रम सार्वजनिक नगरेको बताउँदै आयेगमाथि शंका गर्नेबेला आएको जनाएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सोमबार बुटवलमा आयोजना गरेको बिरोधसभालाई सम्बोधन गर्दै देउवाले भने ‘निर्वाचन आयोग छ नि निर्वाचन आयोग, त्यसमाथि शंका गर्ने बेला भइसक्यो, अहिलेसम्म किन चुनाव चिन्ह दिएको छैन। किन निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छैन। यसले बदमासी गर्नसक्छ।’

नेकपाको आन्तरिक झगडाले कांग्रेसमा समेत विवाद देखिएको बताउँदै उनले भने ‘नेकपाको झगडाले हाम्रै पार्टीमा समस्या भयो। कसले के भनेको छ, कसले के भनेको छ। नेकपा झगडामा हाम्रो हात छैन,’ उनले भने, ‘नेकपाको झगडामा हामी कुनै पक्षतर्फ लाग्नु पर्ने आवश्यकता पनि छैन।’

यस्तै, सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको विषयमा कसैले प्रदर्शन गर्न र दबाब दिन नहुने देउवाले बताए।

प्रतिक्रिया दिनुहोस्