ट्यांकरबाटै डिजेल चोरी गर्ने समूहका तीन पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा प्रहरीले रातको समयमा डिजेल चोरी गरी भारत तर्फ निकासी गरिरहेको अवस्थामा तेल ट्यांकर सहित तीनजनालई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३४ बर्षीय शम्भु प्रसाद महतो सहित मकवानपुर जिल्ला रांक्सीरांग गाउँपालिका वडा नम्बर ३ का २१ बर्षीय अशोक पाख्रिन र मकवानपुरकै मनहरी गाउँपालिका वडा नम्बर ३ का ३३ बर्षीय रामकृष्ण उप्रेतीलाई गएराति डिजेल चोरेर भरात तर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । उनीहरुले ना.७ ख.१५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको स्वेता आयल ट्रेडर्सको नाउबाट भारत तफै एक हजार ३ सय ६० लिटर डिजेल जाँदै गरेको अवस्थामा पक्राउ गरिएको पनि कुँवरले जानकारी दिनुभयो ।

पक्राउ परेका मध्ये उप्रेती सोही ट्यांकरका चालक हुन भने पाख्रिन सहचालक तथा महतो स्वेता आयल ट्रेडर्सको मुन्सी रहेको पनि प्रहरीले जनाएको छ । वीरगन्जको नेपाल भारत संयुक्त जाँच चौकी इलाकाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको र थप अनुसंधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्