संसद विघटन असंवैधानीक र अलोकतान्त्रिक : हुमागाईं



न्युज अफ नेपाल, रामेछाप ।

प्रतिनिधिसभा विघटन विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । सरकारले संसद विघटन गरि निर्वाचन घोषणा गरेपछि उत्पन्न विवादको मुद्धा सर्वोच्च अदालतमा चलिरहेको छ ।

संसद पुर्नस्थापना वा निर्वाचनबारे सर्वोच्चको फैसलामान्ने बताउदै आएको काग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै एक महिना देखि देशभर विरोध प्रदर्शन गरिरहेको छ ।

यसै क्रममा रामेछापको मन्थलीमा आयोजित विरोध सभामा काग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले आफ्नो पार्टी भित्रको झगडा मिलाउन नसकेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु खेदजनक भएको बताउनु भएको छ । जिल्ला कार्य समिति रामेछापको आयोजनामा भएको विरोध प्रदर्शन पछि आयोजित सभामा बोल्दै केन्द्रिय सदस्यएवं श्रम विभागका प्रमुख हुमागाईले भने, ‘यो सरकार अघिनायकबादतर्फ उन्मुख छ ।’

जनताको समस्याप्रति उदासिन कम्युनिष्ट नेतृत्वको सरकार पद र भागवण्डाको झगडामै ३ वर्ष विताएको भन्दै काग्रेस नेता हुमागाईंले अझै पनि नेकपाका दुई समुह राज्यको दोहन गरि शक्ति प्रदर्शनमा लागिरहेको पनि बताउनु भएको थियो । जनतालाई सेवा सुविधा दिननभै अधिनायकबादतर्फ उन्मुख हुन संसद विघटन भएकोले काग्रेसको आपत्ति रहेको भन्दै उनले देशभर सरकारको विरोध भैरहेको बताए ।

सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरि काग्रेस प्रवेश गरेका एकसय भन्दा बढी नेताकार्यकर्ताहरुलाई नेता हुमागाईले काग्रेस प्रवेश गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्