ओलीले मत र व्यवहार दुबैमा हारिसके : प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मत र व्यवहार दुबैमा हारिसकेको बताएका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारहरुसँगको कुराकानी सो कुरा बताएका हुन् ।

ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउँदै प्रचण्डले भने ‘हामी संविधान मिचिएको कुरा, लोकतन्त्रमाथि प्रहार भएको कुराविरुद्ध आन्दोलनमा छौं ।

‘उहाँले पञ्चल्यालीहरु जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिलाका राजामहाराजे जे गर्थे त्यही गर्नु भएको छ । त्यसको केही अर्थ र महत्व छैन’, प्रचण्डले भने, ‘मैले सुरुदेखि नै भनेको छु, जतिबेला उहाँले प्रतिगमनको बाटो पक्रिनु भयो । जतिबेला प्रतिक्रान्तिको बाटो पक्रिनु भयो उहाँले हारिसक्नु भएको छ ।’

यस्तै, चुनाव कुनै पनि हालतमा नहुने दावी गर्दै उनले भने ‘ चुनाव हुँदैन, चुनाव हुनका लागि गरिएको प्रतिगमन नै होइन ।’

प्रतिक्रिया दिनुहोस्