एक खर्ब सहुलियत कर्जा प्रवाह



काठमाडौं, (नेस) ।

उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा परिमार्जनसहित कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ ।

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको एक खर्ब ३७ करोड यस्तो कर्जा लगानी गरेका छन् । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा रहेको छ । अन्य शीर्षकमा २७ हजार ६२ ऋणीलाई २३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट माघ मसान्तमा ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको छ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ५ प्रतिशत ब्याज दरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्