राखेपद्धारा ९ पूर्वाधार निर्माणका लागि सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लामा नौ वटा पँर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको आइतबार सम्झौता गरेको छ ।
गण्डकी प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमको शिलशिलामा पोखरामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच सम्झौता भएको हो । पोखराको जेष्ठ नागरिक बहुद्देश्य कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउनेछ । ५५ लाख ६३ हजार ८६ रूपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै, लमजुङको राइनास नपा–६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउनेछ । ५५ लाख ९२ हजार १ सय ६१ रूपैयाँ पैसा ५१ लाग्ने लागत रहेकोमा बाँकि रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यसैगरी, राखेपले लमजुङ कभर्डहल, म्याग्दीको बेनी रंगशाला, पर्वतको कुश्मा कभर्डहल, तनहुँको चिन्टुटार रंगशाला, म्याग्दीको बेनी नपास्थित रत्नचौर बहुद्देश्य खेलमैदान, बाग्लुङमा मदन भण्डारी कभर्डहल र गोरखा रंगशाला निर्माणका लागि प्रत्येकलाई १० लाख उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्