नेफटाको मनोनयन सार्वजनिक



नेपाल चलचित्र प्रविधिक संघ र ड्रिम हाई नेपालको संयुक्त आयोजनामा राजधानीमा हुने दशौं नेफटा फिल्म अवार्डको शनिबार राजधानीमा अयोजित एक समारोहबीच मनोनयन सुची सार्वजनिक गरिएको छ।

होटल सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा अवार्डको उत्कृष्ट पाँच सुची सार्वजनिक गरिएको हो। आगामी फागुन २९ हुने अवार्डको उत्कृष्ट फिल्मतर्फ प्रसाद, रोमियो एन्ड मुना, हरि, कथा काठमाडौं र छक्का पञ्जा–३ मनोनयनमा परेका छन्। ३१ विधामा प्रदान गरिने अवार्डको महत्वपुर्ण विधा मानिने उत्कृष्ट निर्देशकको विधामा नरेशकुमार केसी (रोमियो एन्ड मुना), दिनेश राउत (प्रसाद), सुदर्शन थापा (रामकहानी), दीपाश्री निरौला (छक्का पञ्जा–३) र झरना थापा (ए मेरो हजुर–३) मनोनयनमा परेका छन् ।

त्यसै गरी, उत्कृष्ट नायकको विधामा प्रसाद र हरिबाट विपीन कार्की, रोमियो एन्ड मुनाबाट विनय श्रेष्ठ, डमरुको डन्डिबियोबाट खगेन्द्र लामिछाने र ए मेरो हजुर–३ बाट अनमोल केसी तथा नायिकातर्पm प्रसादबाट नम्रता श्रेष्ठ, रोमियो एन्ड मुनाबाट सृष्टि श्रेष्ठ, साइँलीबाट मेनुका प्रधान, रामकहानीबाट पुजा शर्मा र छक्का पञ्जा–३ बाट दीपिका प्रसाईं मनोनयनमा परेका छन् । अवार्डको मनोनयनमा प्रसाद सर्वाधिक १३ र ए मेरो हजुर–३ ११ विधाको मनायनमा परेको छ। त्यसै गरी, छक्का पञ्जा–३ १० र हरि ८ विधाको मनोनयनमा परेको छ।

प्रतिक्रिया दिनुहोस्