१४ जिल्लाका १४ पत्रकारलाई सम्मान



नेपाल समाचारपत्र, काठमाडौं
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुनर्निर्माण कार्य सम्बन्धमा सत्यतथ्य समाचार सामग्री प्रवाह गरिरहेका १४ पत्रकारलाई सम्मान गरिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल–पुनर्निर्माण र पुनस्र्थापना लेखनवृत्ति सम्मानबाट आइतबार एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् राष्टिय सँचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै सत्य तथ्य समाचार सम्प्रेषणमा जोड दिन आग्रह गर्नुभयो । उहाँले सुचनाको हक कार्यान्वयन गर्न पत्रकारिताले महत्वपुर्ण भूमिका खेलेको बताउँदै सहजै सँचना पाउन नसके सुचनाको हकसम्बन्धी अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे सत्यतथ्य समाचार सम्प्रेषण गरी सुसुचित गर्ने उत्कृष्ट १४ जना पत्रकारहरु सम्मानित भएकोमा हार्दिक बधाई दिनुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कोषाध्यक्ष किरण थापाले यस्ता लेखनवृत्ति सम्मानले पत्रकारहरुलाई हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झवीन्द्र भुसालले पत्रकारहरुलाई पत्रकार आचारसंहितामा ध्यान दिन आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघमा महासचिव रमेश विष्टले प्राकृतिक विपत्तिले ठँलो पाठ सिकाएको भन्दै विपद्का बेलामा समाचार सम्प्रेषण गर्ने सम्बन्धमा तालिमको आवश्यकता रहेको बताउनुभयो ।

ट्रन्सपरेन्सी इन्टरनेसनल नेपालका वरिष्ठ अधिकृत बविता शर्माले पुरस्कार औचित्यकाबारेमा धारणा राख्नुभएको थियो ।पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा सिन्धुलीबाट राजकुमार कार्की, धादिङबाट नवराज छत्कुली, दोलखाबाट उषा तामाङ, गोरखाबाट भीमलाल श्रेष्ठ, रसुवाबाट अनुकुमारी आचार्य हुनुहुन्छ । त्यसै गरी सिन्धुपाल्चोकबाट दुर्गा आचार्य, नुवाकोटबाट शर्मिला उप्रेती, मकवानपुरबाट सम्झना रिजाल, ओखलढुंगाबाट शिवप्रसाद ढुंगाना, काभ्रेबाट मोतीराम तिमल्सिना, रामेछापबाट जानुका पौडेल, ललितपुरबाट रामहरि कार्की, भक्तपुरबाट सम्झना पौडेल र काठमाडौँबाट विद्या राई हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्