मालिकले कुकुर्नीको नाममा ५० लाख डलर छाडे



नासभिल्ले, (एजेन्सी) ।

अमेरिकाको टेनेस्सीका एउटा कुकुर्नी आफ्नी मृत मालिकले आफ्नो नाममा ५० लाख अमेरिकी डलर छाडेर गएपछि आरामसँग बाँच्न थालेको बुझिएको छ । बिल डोर्रिस नामक दयालु मालिककले आठ वर्षीय ‘लुलु’ नामक ती कुकुर्नीको नाममा वयिसयतनामामा सो रकम कानुनी रूपमा छाडेका थिए ।

नासभिल्लेका चर्चित व्यापारी डोर्रिसको गत वर्ष चोरासी वर्षको उमेरमा मृत्यु भएको थियो । डोरिसको अन्तिम इच्छा पत्रमा उनी घर बाहिर रहेका बेला लुलुको हेरचाह गर्ने उनकी ८८ वर्षिया छिमेकी मार्था बर्टनलाई लुलुको संरक्षक तोकिएको छ । बर्टनले आफ्नो स्वविवेक प्रयोग गरी सो रकम खर्च गर्न सक्ने पनि पत्रमा उल्लेखित छ ।

यसबारे बर्टनले डब्ल्युटिभिएफ टेलिभिजनलाई बताएकी छन्, ‘यसबारे के भन्नु भन्ने खास मलाई थाहै भएन । डोर्रिसले लुलुलाई निकै माया गर्दथे । लुलु जस्ती असल कुकुर्नीको संरक्षक भएर काम गर्न पाएकोमा म निकै खुसी छु ।

प्रतिक्रिया दिनुहोस्