टिकटककी चर्चित किशोरीद्वारा आत्महत्या



ब्याटन रोग्यु, ( एजेन्सी)

टिकटकका लोकप्रिय पात्र तथा अनलाइनमा ‘बेबीगर्लडी’ को उपनामले पनि चिनिने १८ वर्षिया युवती दाझारिया स्याफरले अमेरिकाको लुजियानाको ब्याटन रोगयुमा आत्महत्या गरेकीछन् । भिडियो सेयरिंगसामा जिक संजाल मन्च टिकटकमा उनको १४ लाखभन्दा बढि फलोअर थिए ।

रहिम अल्ला र रोड्नी एन्ड्रिको नामले पनि चिनिने स्याफरका पिता जोसेफ सान्टियागोले आफ्नी छोरीलाई लोकप्रियता दिलाउने टिकटकमै एउटा भिडियो क्लिप पोस्ट गर्दै छोरीको मृत्यु पुष्टि गरेका छन् । आफ्नी छोरीका विभिन्न तस्वीर संकलन गरी किलप बनाएका उनले आफ्नी छोरीलाई माया र समर्थन दिने सबैलाई धन्यवाद दिँदै दुर्भाग्यवश अब छोरी यस दुनियाँमा नरहेको र अझै राम्रो दुनियाँमा गएको उल्लेख गरेका छन् ।

उनले भावुक पाराले लेखेका छन् – ‘उनी मेरी सबैभन्दा मिल्ने फुच्ची साथी थिइन् । कुनै पनि हालतमा म उनलाई धर्तीमा समाधिस्थ गर्ने तयार थिइनँ । लामो यात्रा तय गरेर घर पुग्दा उनी खुशी हुने याद अझै ताजा छ । उनले कमसेकम मलाई आफनो समस्या र आत्महत्याको सोचबारे बताएको भए कति हुन्थ्यो । हामी दुवै मिलेर समस्या हल गर्ने थियौं । ’

दाझारियाको अन्त्येष्टिका लागि आवश्यक खर्च जुटाउन खडा गरिएको एक कोषमा १५ हजार अमेरिकी डलर जम्मा भइसकेको छ । उनकी आमा जेनिफर स्याफरले पनि आफ्नी छोरीको दुःखद घटनाको पुष्टि फेसबुकमार्फत गरेकी छन् । तर, परिवारले उनको मानसिक अवस्थाबारे कुनै सँचना प्रवाह गरेको छैन । उनले आत्महत्या गर्नुको कारण अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्