सर्वोच्चको मुख्य रजिस्ट्रारमा कुँवर



काठमाडौं, (नेस) ।

रजिस्ट्रार लालबहादुर कुँवर आइतबारबाट सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नियुक्त हुनुभएको छ । यसै गरी रिक्त रजिस्ट्रार पदमा निर्मला पौडेल नियुक्त भएसँगै आइतबारबाट नै सो पदको कार्यभार सम्हाल्नुभएको छ ।

गत माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई मुख्य रजिस्ट्रार र पौडेललाई रजिस्ट्रारमा नियुक्त गर्न सिफारिस गरेको थियो । सो सिफारिसबमोजिम माघ २९ गते बसेको मन्त्रिपरिषद्ले नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्