वासिङ सेन्टरको फित्तामा परेर कामदारको मृत्यु



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरको फित्तामा परेर आज एक महिला कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीय कमला केसी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिनभित्र घुम्ने फलामको रडमा परेर महिलाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँको भनाइ छ । कम्पनीका सञ्चालक साजन पराजुलीले कामदार महिला अचेत भई लडिरहेको देखेर उपचारका लागि मध्यपुर अस्पताल लगे पनि अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भएको चिकित्सकले बताएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्