आर्मीद्वारा चन्द्रपुर पराजित



नेपाल समाचारपत्र, काठमाडौं ।

त्रिभुवन आर्मी क्लबले जारी राष्ट्रिय महिला लिगअन्तर्गत आइतबारको खेलमा चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–१ को फराकिलो जित निकालेको छ । उक्त जितसँगै आर्मीले शीर्ष टिम एपीएफसँग अंक दुरी पनि घटाएको छ । आर्मी र एपीएफबीच २ अंकको भिन्नता छ । तर, एपीएफले एक कम खेल खेलेको छ ।

आर्मीले १० खेलबाट २५ अंक बनाउँदा ९ खेल खेलेको एपीएफले २७ अंक जोडेको छ । एपीएफले अहिलेसम्म हारको सामना गरेको छैन । आर्मीले पहिलो चरणमै ५ अंक गुमाएको छ , जसमा एपीएफसँग हार र पुलिससँग बराबरी नतिजा थियो ।

सातदोबाटोस्थित एन्फा मैदानमा आर्मीलाई जित दिलाउन फरवार्ड रश्मी घिसिङ एक्लैले ४ गोल गरिन् । उनले पहिलो हाफ र दोस्रो हाफमा २÷२ गोल गरेकी हुन् । अन्य गोलमा बिमला चौधरीले दुई गरेकी हुन् । चन्द्रपुरको तर्फबाट रजनी थोकरले एक गोल फर्काएकी हुन् । चन्द्रपुरको १० खेलबाट ६ अंक मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्