मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

माघ ३० गते शेरबहादुर पाख्रिनको बागमती प्रदेश ०३–००२ प ०५१६ नम्बर मोटरसाइकल हेटौंडा–४ स्थित घरअगाडि पार्किङ गरी राखिएको अबस्थामा चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । उक्त मोटरसाइकल खोजी गर्ने क्रममा हेटौडा–१५ स्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले चेक गर्दा चोरी भएको मोटरसाइकलसहित चोरी गर्नेहरुलाई पक्राउ गरेको हो ।

सर्लाहीको बागमती नपा वडा–१२ बस्ने वर्ष २० का टेकबहादुर गोले, सर्लाहीकै लालबन्दी नपा वडा–१४ बस्ने वर्ष २७ का जनक तामाङ, सिन्धुलीको मरिण गापा वडा–८ बस्ने वर्ष २० का निकेश वाइबालाई मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

उनीहरुविरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको र उक्त मोटरसाइकल चोरीमा संलग्न सिन्धुली मरिण घर बताउने सुरज तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्