प्रचण्ड–नेपाल समूहको अडान : नेकपा आधिकारिकता र दलबारे टुङ्गो नलाग्दासम्म निर्वाचन हुँदैन



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचनसँग सम्बन्धित कुनै पनि काम अघि नबढाउन आयोगलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले आचारसंहिताबारे दलहरूसँग छलफल गर्ने बोलाएको बैठकमा नेता लीलामणि पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा रहेको र अन्तिम निर्णय नआएसम्म निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताएका छन् ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले बोलाएपछि प्रचण्डनेपाल समूहले आयोगलाई के आधारमा चुनाव गर्न लागिएको हो भनेर प्रश्न समेत राखेको थियो । नेकपाको आधिकारिकता विवाद र दलबारे टुङ्गो नलाग्दै निर्वाचन गराउन नमिल्ने प्रचण्ड नेपाल समूहले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्