प्रधानन्यायाधीशको प्रश्‍न: अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ। बहसमा रिट निवेदक नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङको तर्फबाट अधिवक्ता दिलमणि पोखरेलले जवाफी बहस गरेका छन् ।

बहसका क्रममा अधिवक्ता पोखरेलले बहुमतको प्रधानमन्त्रीले कुनै पनि अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताउँदै भने ‘बहुमतको प्रधानमन्त्रीले १०० प्रतिशत प्रतिनिधिसभा विघटन गर्न पाइँदैन’ ।

पोखरेलले आफ्नो भनाइ राखेसँगै प्रधानन्याधीस जबराले सोधे अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?

त्यसपछि उनले अहिलेको सरकार केपी ओलीको नभइ नेकपाको भएको अर्को तर्क राख्दै भने । ‘नेकपा, नेकपा श्रीमान्१ बहुमत प्राप्त दलको नेताले दलको प्रतिनिधित्व गरेर आउने होु, सबै पार्टीमा संसदीय दल हुन्छ, त्यहीँबाटै त निर्वाचित भएर आउने हो। त्यसैले यो सरकार नेकपाको हो।’

त्यसपछि प्रधानन्यायाधीश जबराले पोखरेलसमक्ष अर्को प्रश्न राखे ,’नेकपाको हो भने ऊसँग बहुमत छ। अर्थात् संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार हो। अब उपधारा २ , ३, ५ मा जाने अवस्था कहाँ छ संविधानमारु उपधारा १ बमोजिमको सरकार बनिसकेपछि बाँकी उपधारा त त्यसै लोप भए नी होइन र ?

प्रतिक्रिया दिनुहोस्