केरुङ नाका सहज बनाउन कांग्रेसको माग



काठमाडौं ।

नेपाली कांग्रेसले केरुङ नाकामा आयात—निर्यात सहज बनाउन चीन सरकारसँग तत्‍कालै पहल गर्न सरकार समक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ती जारी गरेर कोरोना भाइरसको संक्रमणको प्रभाव सामान्य बनिरहेको बेला उत्तरी सीमाको प्रमुख व्यापारी नाका सहज रुपमा खुल्ला गर्न सरकारसँग माग गरेका हुन् ।

‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर, दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ । चीनिया पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्