लगानीकर्ताको सम्पत्ति ७२ अर्बले बढ्यो



काठमाडौं, नेस ।

नेपाल स्टक एक्सचेन्ज नेप्से मा यस साता अधिकांश समय गिरावट भए पनि समग्रमा परिसूचक ५१ दशमलव ६६ अंकले बढेको छ  । गत साताको अन्तिम कारोबार दिन २४७४ दशमलव २६ बिन्दुमा रहेको नेप्से परिसूचक यस साता २ दशमलव शून्य ९ प्रतिशत अर्थात बढेर २५२६ दशमलव ९२ बिन्दुमा पुगेको हो ।
परिसूचकसँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण पनि २ दशमलव १६ प्रतिशत बढेको छ ।

गत साता ३३ खर्ब ३४ अर्ब रुपियाँ रहेको यस साता बढेर ७२ अर्ब रुपियाँ बढेर ३४ खर्ब ६ अर्ब रुपियाँ पुगेको छ । साथै यस साता कारोबार रकममा पनि सुधार भएको छ । गत साता ४१ अर्ब ६८ करोड रुपियाँ बराबरको शेयर किनबेच भएकोमा यस साता ४५ अर्ब २७ करोड रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ।
यस साताभरको कारोबारमा वित्त समूहको परिसूचक सबैभन्दा धेरै अर्थात ६ दशमलव ५४ प्रतिशत बढेको छ भने अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने सबैभन्दा धेरैले घटेको छ । सो समूह ३०८ दशमलव ४० अंक अर्थात ५ दशमलव शून्य ३ प्रतिशतले घटेको छ । त्यस्तै अंकका आधारमा जीवन बीमा समूहको

प्रतिक्रिया दिनुहोस्