जुटौं अब त उठौं



गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत जुटौं अब त उठौं अब तको भिडियो सार्वजनिक भएको छ।

गीतमा संगीत निर्मलकै रहेको छ। गीतको रचना गीता बजगाईं र संगीत संयोजन विष्णु अधिकारीले गरेका हुन्। गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक एवं फिल्म निर्देशक राजेश थापाले निर्देशन गरेका छन्। गीत भारतले कब्जा गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्ता भँ–भाग हाम्रै हो भन्ने भावमा तयार पारिएको छ। भिडियोमा छायांकन र कोरियोग्राफी नगेन्द्र राई र सम्पादन किशोर खनालको रहेको छ।

प्रतिक्रिया दिनुहोस्