ट्रम्पलाई झन्डै भेन्टिलेटरमा राखिनुपरेको खुलासा



FILE — President Donald Trump arriving at Walter Reed National Military Medical Center after testing positive for the coronavirus in Bethesda, Md., Oct. 2, 2020. Trump was far sicker with Covid-19 in October than publicly acknowledged at the time, with extremely depressed blood oxygen levels at one point and a lung problem associated with pneumonia caused by the coronavirus, according to four people familiar with his condition. (Doug Mills/The New York Times)

वासिङटन, (एजेन्सी) ।

गत वर्षको अक्टोबरमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोेभिड–१९ संक्रमित भएर उपचारका लागि एउटा सैनिक अस्पतालमा भर्ना भएको सबैले थाहा पाएकै कुरा थियो । तर, त्यतिबेला उनको स्वास्थ्य स्थिति अत्यन्तै चिन्ताजनक अवस्थामा रहेको तथ्य भने बल्ल अब आएर सार्वजनिक भएको छ ।

त्यतिवेला उनको स्वास्थ्य स्थितिबारे जानकार चारजना व्यक्तिका अनुसार कोरोना भाइरसको कारण निमोनिया भएर फोक्सोमा समस्या देखापरेका ट्रम्पको रगतमा अक्सिजनको मात्रा पनि अत्यन्तै न्यँन रहेको थियो । उनको स्थिति निकै नाजुक रहेकाले वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा लैजानुअघि केही अधिकारीहरूले उनलाई पक्कै भेन्टिलेटरमा राखिने विश्वास गरेका थिए ।

उनको फोक्सोमा तरल पदार्थ वा ब्याक्टेरिया जमेको जस्तै देखिएको र त्यसलाई एक्सरे वा स्क्यानिङमा स्पष्ट देख्न सकिएको बताइएको छ । त्यतिबेला ट्रम्पको रगतमा अक्सिजनको स्तर घटेर ८० एस पुगेको थियो । रगतमा अक्सिजनको स्तर ९० एसमा मात्र पुग्दा पनि कुनै रोगको स्थिति गम्भीर मानिने गरिन्छ । तर, त्यतिबेला ट्रम्पले ह्वाइट हाउसबाट अस्पताल जान अस्वीकार गरेका थिए । साथै, उनले आफँलाई कसैलाई नबोकाउन र आफैं हिँड्न सक्ने जिद्दी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्