इटालीका नयाँ प्रम ड्रागीको शपथ ग्रहण



रोम, (एजेन्सी) ।

मारियो ड्रागीले इटालीको भावी प्रधानमन्त्रीको भँमिका औपचारिक रूपमा स्वीकार गरेका छन् । उनको शपथग्रहण कार्यक्रम शनिबार नै हुने भएको छ । युरोपेली केन्दय बैंकका पँर्वअध्यक्ष ड्रागीले इटालियन राष्ट्रपति सर्जियो मटरेल्लासँगको भेटवार्तापछि आफ्नो मन्त्रीमण्डलको नाम घोषणा गरेका छन् । उनी झण्डै सम्पँर्ण प्रमुख राजनीतिक पार्टीको समर्थन जुटाउन सफल भएका छन् । पहिलो सरकार गत महिना ढलेको हो । युरोपेली संघको कोरोना भाइरस राहत कोषलाई कसरी परिचालन गर्ने विषयमा उठेको विवादका कारण यसअघिको सरकार ढल्न पुगेको थियो ।

इटालीमा अझै पनि कोरोना भाइरसको महामारी जारी छ । तसर्थ, अहिले इटालीले दशकौं पछिको सबैभन्दा ठँलो आर्थिक समस्या भोगिरहेको छ । अहिले सम्म इटालीमा कोभिड–१९ को कारण ९३ हजार जनाभन्दा बढि व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाको कारण मृतकको संख्या सबैभन्दा बढि हुने विश्वको सँचीमा इटाली छैठौं स्थानमा रहेको छ । संसद्मा सबैभन्दा ठँलो समँहको रूपमा रहेको ‘फाइभ स्टार मुभमेन्ट’ को समर्थन पाउनासाथ बृहत् राजनीतिक वृत्तमा आउन ड्रागीलाई सहज भएको हो ।

फलतः उनलाई अब आफ्ना ऐजेन्डा अघि बढाउन सजिलो बहुमत प्राप्त हुने भएको छ । फाइभ स्टार मुभमेन्टका वरिष्ठ व्यक्तित्व लुइगी डि माइयो विदेश मन्त्री बनाइएका छन् । यसैगरी, नयाँ मन्त्री परिषद्मा कटर दक्षिणपन्थी लिग पार्टीका वरिष्ठ नेता गियानकार्लो गियोर्गेटी उद्योग तथा मध्यमार्गी वामपन्थी डेमोक्रेटिक पार्टीका एन्ड्री ओर्लान्डो श्रममन्त्री बनेका छन् । यसअघि, राजीनामा दिएका पँर्वप्रधानमन्त्री मात्तेयो रेन्जीले मारियो ड्रागी युरोप बचाउने इटालियन भएको तथा अब उनी इटालियन बचाउन सक्ने युरोपेली हुने आफ्नो सोचाइ रहेको प्रतिक्रिया बीबीसीसमक्ष दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्