सीमाक्षेत्रमा रहेका आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिइने



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जोय बायडेन सरकारले अहिले छिमेकी राष्ट्र मेक्सिकोको सीमा क्षेत्रमा रहन बाध्य बनाइएका दशौं हजार शरणको खोजमा रहेका आप्रवासीलाई विस्तारै अमेरिका प्रवेश गर्ने अनुमति दिइने जानकारी दिएको छ । सरकारले आगामी सातादेखि ती करिब २५ हजार शरणार्थीबारे कानुनी प्रक्रिया अघि बढाइने बताएको छ ।

त्यहाँको तीनवटा बोर्डर क्रसिङमध्ये एउटाबाट अमेरिका छिर्नुअघि तिनीहरूले सबैभन्दा पहिले आफ्नो नाम दर्ता गर्नु तथा कोभिड–१९ परीक्षणमा उत्तीर्ण हुनुपर्ने बताइएको छ ।पँर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको शरणार्थीहरूलाई कुनै पनि हालतमा संयुक्त राज्य अमेरिका प्रवश गर्न नदिने नीतिको व्यापक आलोचना भएको छ । सन् २०१९ मा ‘आप्रवासी प्रतिरक्षा महासन्धी’ कार्यक्रम लागँ गरिएको थियो । त्यसको प्रमुख उद्देश्य अमेरिका प्रवेश गर्न चाहने शरणार्थीहरूलाई रोक लगाउनु थियो ।
फलस्वरूप दक्षिण सिमानाबाट प्रवेश गरेका आप्रवासीहरूले अमेरिकाको आप्रवास अदालतले तिनीहरूको सुनुवाइको क्रममा रहेका मुद्दाको छिनोफानो नहुन्जेल मेक्सिकोमा प्रतीक्षा गर्नुपर्ने अवस्था आएको थियो । तर, गत वर्षको नोभेम्बरमा आयोजित राष्ट्रपतीय चुनाव जितेका बाइडेनले आफ्नो पदभार सम्हालेको पहिलो दिनमै सो नीति निलम्बन गरेका थिए ।

अमेरिकाको मातृभँमि सुरक्षामन्त्री अलेजान्ड्रो मायोर्कासले बाइडेनले अमेरिकी सरकार सुरक्षित, नियमित र मानवीय आप्रवास प्रणाली पुनर्निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पारिसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्