विमानस्थलको बाथरुममा भेटियो मानव अस्तुसहितको ब्रास्लेट



ह्युस्टन, (एजेन्सी)  । 

अमेरिकाको टेक्सास विमानस्थलको बाथरुममा आफ्नो मनपर्ने व्यक्तिको अस्तु राखिएको ब्रास्लेट भेटिएको छ । सामाजिक सञ्जालको सहयोगका कारण अब छिट्टै यो ब्रास्लेट सम्बन्धित व्यक्तिको हातमा पुग्ने भएको छ । ‘डेसिरी एन्सिनास’ नामक महिलाले एरिजोनाबाट हयुटनस्थित परिवारलाई भेट्न जाने क्रममा आफँले होब्बी विमानस्थलको बाथरुममा त्यो ब्रास्लेट भेट्टाएको बताएकी छन् ।

एन्सिनासले केटिआरके टेलिभिजनलाई बताएकी छन् – ‘बुढीऔंलाको प्रिन्ट रहेको त्यो ब्रास्लेटमा मानव खरानी रहेको जस्तो देखिन्थ्यो । मलाई लाग्यो कसैका लागि यो निकै अमँल्य छ ।’ वास्तवमा त्यो ब्रास्लेट सोही विमानबाट ह्युस्टनस्थित आफ्नो परिवार भेट्न जाँदै गरेकी इलिनोइस निवासी सारा फिसरको थियो । उनले भोलिपल्ट मात्र आफ्नी आमाको अस्तु रहेको सो ब्रास्लेट हराएको चाल पाएको बताएकी छन् ।फिसरले केपीआरसी टेलिभिजनलाई बताएकी छन् – ‘भोलिपल्ट मेरी छोरीलाई ब्रास्लेट देखाउन खोज्दा पो बल्ल मैले त्यो हराएको थाहा पाएँ । त्यो मेरो अत्यन्तै निजी प्रिय वस्तु थियो । क्रिसमसको पँर्वसन्ध्यामा मैले मेरी आमा गुमाएकी थिएँ । त्यसैले, मेरी आमाको चिनो राखिएको त्यो ब्रास्लेट मैले लामो समयसम्म लगाउन पाएकी पनि थिइनँ ।

’ ब्रास्लेट सम्बन्धित व्यक्तिको हातमा फर्कियोस् भन्ने उद्देश्यले एन्सिनास र फिसर दुवैले त्यसबारे सँचना फेसबुकमा पोस्ट गरेका थिए । हालै फिसरकी छोरीले एन्सिनाससँग सम्पर्क गर्न सफल भएकी छन् ।अन्ततः ब्रास्लेट फेला पर्ने भएकाले भावविह्वल भएर आफँ रुने मुडमा नै पुगेको फिसर बताउँछिन् । फिसरले एन्सिनाससँग ब्रास्लेट लिन आफ्नी दिदी–बहिनीसँग एरिजोना जान लागेको बताएकी छन् । तिनीहरूको एरिजोना आफ्ना आमाको मनपर्ने स्थान भएको र उनको खरानी सेडोनामा छर्ने योजना रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्