फेरि बलिदानी गर्न तयार छौं : प्रचण्ड



काठमाडौं, (नेस)  ।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समँहले २६औं जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समँहले जनयुद्ध दिवस मनाएको हो ।जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीमा लाखौं जनताको बलिदानीपछि प्राप्त संविधान कुल्चन सक्छु भन्ने भ्रम मात्र भएको बताउनुभयो ।

जनताका तर्फबाट पहिलोपटक जारी भएको संविधानमाथि घात गर्नेलाई जनताले त्यसै नछाड्ने चेतावनी दिँदै उहाँले भन्नुभयो–‘हजारौं शहीदको बलिदानीबाट प्राप्त उपलब्धि मानिएको संविधानमाथि ओलीले घात गरेका छन्, इतिहासका महान् ती शहीदहरु कहिल्यै मर्न सक्दैनन् ।’प्रधानमन्त्री ओलीलाई छिट्टै भ्रममुक्त हुन आग्रह गर्दै उहाँले हजारौं कंकालहरु चिहानबाट बाहिर निस्केर परिवर्तनलाई रोक्न खोज्नेका विरुद्ध धावा बोल्ने चेतावनी दिनुभयो । प्राप्त उपलब्धिलाई गुम्न नदिने बताउँदै उहाँले आवश्यक परे फेरि पनि बलिदान गर्न तयार रहेको संकल्प गर्ने दिन आवश्यक रहेको बताउनुभयो । शान्ति सम्झौता, सेना समायोजन, हतियातार व्यवस्थापन आफैमा ऐतिहासिक र युगान्तकारी काम भएको उहाँले बताउनुभयो । शान्ति सम्झौतालाई सफल पार्न आफँहरूले खेलेको भँमिका दँरगामी रहेको बताउँदै यसमा आफँले पार्टीको नेता र युद्धको रणनीतिकारका रूपमा भँमिका खेल्न पाएको बताउनुभयो ।

युद्धबाट आफँ पनि थोरैले बाँचेको उल्लेख गर्दै प्रचण्डले शहीदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने चेतावनी दिनुभयो । जनताले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षताजस्ता विषयको रक्षाका निम्ति आफँ बलिदानका लागि तयार रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेत्री पम्फा भुसाल, रघुजी पन्त, योगेश भट्टराईलगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपाल भने सहभागी हुनुभएन ।

तत्कालीन माओवादीले २०५२ सालमा गरेको तत्कालीन जनयुद्ध १० वर्षसम्म सञ्चालित भएर सो पार्टी शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियामा आएको थियो । जनयुद्धका क्रममा करिब १७ हजारले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्