प्रचण्ड-माधव अहिले सडक छाप भएका छन् : मन्त्री रायमाझी



यमलाल भुसाल, बुटवल ।

उर्जा जलस्रोत मन्त्री टोप बहादुर रायमाझीले लुम्बिनी प्रदेशको आमसभाले माधव र प्रचण्ड समुहको ७७ वटै जिल्लाको सभामा भन्दा बढी भएको दाबी गर्नुभयो । सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिवार बुटवलमा आयोजना गरेको शक्ति प्रदशन सभामा वोल्दै मन्त्री रायमाझीले नेकपा भित्रको झगडा पद र प्रतिष्ठाका लागि भएको दाबी गर्नुभयो ।

पार्टी एकताको मर्म र हर्कत विरुद्ध प्रचण्ड र माधव लागेकाले उहाँको गुटमा जान नसकेको धारणा पनि उहाँले राख्नु भयो । प्रधान मन्त्रीलाई चोर वाटोवाट अपदस्त गर्ने त्यो पनि विग्रेको हतियार प्रयोग गरेकाले सडकमा पछारीएका हुन । प्रचण्ड माधव अहिले सडक छाप भएको मन्त्री रायमाझीको दावि गर्नु भयो । संसद पुनः स्थापना कुनै हालतमा हुनेवाला छैन उहाँले भन्नु भयो ।

मांसाहारी आन्दोलन भनेको रक्तपात गर्ने मात्र हो आन्दोलन गर्नुको तुक छैन । उहाँले विचार योजना विनाका सडक छापहरुले झुटको खेति गरिरहेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्