गरिमा बिकास बैंकको अध्यक्षमा बस्याल



भूपराज बस्याल, पोखरा ।

गरिमा विकास बैंकको शुक्रबार पोखरामा भएको १४ औं साधारणसभाबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ३ घर भएका बस्याल बैंकको स्थापना काल देखी संचालक समितिमा रहदै आउनु भएको थियो ।

संस्थापक शेयरधनी समुहतर्फ ३ जना र सर्वसाधारण शेयरधनी समुहतर्फबाट ३ जना गरि बनेको ६ जनाको संचालक समितीको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको थियो । १४ औं बार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकमा श्यामप्रसाद बस्याल, डा आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित हुनुभएको हो ।

३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि यहीँ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन ।

प्रतिक्रिया दिनुहोस्