आइतबारबाट काठमाडौमा कोरोनाविरुद्धको खोप लगाउने केन्द्र तोकियो



न्युज अफ नेपाल, काठमाडौँ । 

नेपाल सरकारले कोभिड १९ रोगको रोकथाम र नियन्त्रणका लागि उच्च जोखिममा रहेका व्यक्तिहरुलाई यहि फागुन २ गते आईतबार बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाउने भएको छ ।

नेपाल सरकारले फागुन २ गते देखि ८ गते सम्म जिल्ला स्थित सबै सरकारी कार्यालय, सर्वाजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकारहरु, स्थानिय तहका निर्वाचित जनप्रतिनिधिहरुका साथ पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीलाई दिने जनाएको छ ।

त्यसैगरि सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीहरु, पहिला छुट भएका स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई लगाउने भएको जनाएकोछ ।

खोप लगाउनका लागि सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा तोकिएका काठमाडौ जिल्लाका हकमा देहाय बमोजिमका लक्षित समूहलाई खोप केन्द्र निर्धारण गरेको छ । तोकिएको खोप केन्द्रमा गई आफ्नो कार्यालयको परिचय पत्र वा कार्यालयले प्रमाणित गरेको पत्र देखाई कोरोना बिरुद्धको खोप लिन स्वास्थ्य कार्यालय, काठमाडौले सूचना जारी गरेको छ ।

खोप लगाउनका लागि तोकिएका खोप केन्द्रहरुमा राष्ट्रिय आयुर्वेद म.तथा तामि केन्द्र, किर्तिपुर, शसस्त्र प्र अस्पताल, बलम्बु, बिरेन्द्र अस्पताल , छाउनी, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकू, प्रसुतिगृह, थापाथली, वीर असपताल रत्नपार्क, प्रहरी अस्पताल, लाजिम्पाट, त्रि.वि.वि., शिक्षण अस्पताल, महाराजगंज, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, नेपाल मेडिकल कलेज, अत्तरखेल, गोकर्णेश्वर, काठमाडौ मेडिकल कलेज, सिनामंगल, निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्