‘पुराना पुस्ता पशुपतिनाथ र शक्तिकेन्द्रको मुख ताकेर बसेको बेला नयाँ पुस्ता सडकमा उत्रनु स्तुत्य छ’



न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनविरुद्ध सडकमा उत्रिएका युवाप्रति सम्मान प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले पुराना पुस्ताका नेता र पार्टी ज्योतिष, पशुपतिनाथ र शक्तिकेन्द्रको मुख ताकेर बसेको बेला नयॉ पुस्ता सडक संघर्षमा उत्रनु स्तुत्य भएको जनाएका छन् ।

सडक आन्दोलनमा उत्रिएका युवाको फोटो राख्दै भट्टराईले लेखेका छन् पुराना पुस्ताका नेता/पार्टी झर्ला र खाउॅला भनेर ज्योतिष/पशुपतिनाथ/शक्तिकेन्द्रको मुख ताकेर बसेको बेला प्रतिगमनका विरूद्ध नयॉ पुस्ता र नागरिक आन्दोलकारी सडकमा उत्रनु स्तुत्य छ।संघर्षबाटै पुरानालाई विस्थापित गरेर नयॉ नेतृत्वको उदय हुने इतिहासको नियम हो । उदाउॅदो नयॉ पुस्तालाई सलाम !

प्रतिक्रिया दिनुहोस्